२०८१ श्रावण १२

काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रको म्हूप्री ल्होसार कार्यक्रम

काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रले म्हूप्री ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाटको कार्यक्रमको आयोजना गरेको छ ।
मनाङ जिल्लोको तल्लो भेगमा बसोबास गरी हाल काठमाण्डौँमा बस्ने गुरुङहरुको संस्था काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रले गुरुङ जातिको महान चाड म्हूप्री ल्होसारको अवसरमा आगामी पुस १५ गते बिहान ११ बजे, मण्डप बैंक्वेट, गंोंगबुमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम, जातिय खानाको परिकारका साथै जातिय पहिचान झल्काउने विविध कार्यक्रम प्रस्तुत गरिने केन्द्रका अध्यक्ष रामकृष्ण गुरुङले बताए ।
अध्यक्ष गुरुङले मनाङ जिल्लोको तल्लो भेग हालको नासों गाउँ पालिकामा बसोबास गरी हाल काठमाण्डौँमा बस्ने सम्पूर्णलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।