२०८१ श्रावण १२

कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशका अन्य क्षेत्रको मौसम सफा रहने विभागले जनाएको छ ।