अंग्रेजी नयाँबर्ष नजिकीएसंगै महोत्सव, मेला सुरु
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा सडक महोत्सव हुने भएको छ । पुस १२ गतेबाट १६ गतेसम्म लेकसाइडको तीन किलोमिटरमा महोत्सव हुन लागेको हो ।
२५ औं पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शनी हुने रेबान अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।
महोसत्सवका आर्कषणमा लाइभ ब्यान्ड कन्सर्ट, लाइभ लोक दोहोरी, विभिन्न खेलकुद प्रतियोगिता, विविध जातिका सांस्कृतिक प्रदर्शनी राखिएको छ ।

उता, पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर फुड फेस्टिवलको आयोजना हुने भएको छ ।
होटल एशोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जनाएको छ । तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशासिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।
फेस्टिवल अवधिभर भेडेटारका होटलहरुमा खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यस वर्ष आयोजना हुने फेस्टिवल ११ औं संस्करणको हो ।
-
१
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
२
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
३
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
४
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्