२०८१ श्रावण १२

नेपालमा पहिलो पटक दुर्लभ प्रविधि प्रयोगमा, फोक्सोमा जमेको पिप अप्रेसन नगरी निकाले

काठमाडौँ, काठमाडौँ मेडिकल कलेजले फोक्सोमा जमेको पिप अप्रेसन नगरी निकालेको छ ।
काठमाडौं मेडिकल कलेजले नौ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पिप जम्ने समस्या भएको र सो समस्या अप्रेसन नगरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पिप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी भनिन्छ । यो सर्जरी नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको काठमाडौं मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए ।
यसअघि छाती चिरेर अप्रेनि गर्नुपर्ने भए पनि यस पटक भने नेपालमै पहिलो पल्ट अप्रेनि भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पिप बाहिर निकालिएको उनको अस्पतालको दाबी छ ।
अप्रेसन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यो सर्जरीले ठिक हुन कम समय लाग्ने र बिरामीलाई कम दुःख हुने चिकित्सकको भनाई । यो सर्जरीको अप्रेसन सेवाको खर्चमा भने खासै फरक नरहेको डा.श्रेष्ठले बताए ।