२०८१ श्रावण १२

नेपाल सुपर लिगको इलिमिनेटरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैं ।

 

काठमाडौँ, नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बिच हुदैंछ ।
प्रतियोगितामा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट समान तीन खेलमा जित र बराबरीसँगै दुई खेलमा हारको नतिजासहित १२ अंक जोड्दै प्लेअफमा स्थान बनाएको हो । चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेको थियो ।
यसअघि लिग चरणको अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुने छ । आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थन्डर्ससँग खेल्ने छ ।