२०८१ श्रावण १२

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार अपराहन्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री दाहालले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए् । यसअघि दाहाल २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री दाहाल आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।