२०८१ श्रावण १२

आज काठमाण्डौ उपत्यकाको मौसम सफा रहने

काठमाडौंको उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौंको मौसम सफा रहने छ । अहिले बिहान हल्का कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ बिहानैबाट मौसम सफा भएकाले हवाई उडान तथा अवतरणमा समस्या नभएको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि तत्कालै पानी पर्ने, हिमपात हुने वा अन्य कुनै नयाँ मौसमी प्रणाली भित्रिने सम्भावना नरहेको विभागको दाबी छ । पश्चिमी यायुले हावालाई अलि सफा बनाउन मद्दत गर्ने हुँदा काठमाण्डौँ उपत्यकाको वायु प्रदूषण केही कम हुने विभागको भनाइ छ ।


उता, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा हुने पूर्वानुमान महाशाखाको छ ।