२०८१ श्रावण १२

विद्यालयको पोशाकभन्दा फरक पोसाक किन्न नलगाउनु : कामनपा

काठमाण्डौँ , महानगरपालिकाका विद्यालयले चाडपर्वको नाममा विद्यालयको नियमित पोशाकभन्दा फरक पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न अनुरोध गरेको छ ।
काठमाण्डौँ महानगरपालिका भित्रका केही विद्यालयहरुले विभिन्न चाडपर्वको नाममा विद्यार्थीलाई विद्यालयको नियमित पोसाक भन्दा फरक पोशाकहरु किन्न बाध्य पारेको भन्ने जनगुनासो आएकाले त्यस्ता कार्य बन्द गर्न जानकारी पत्रमा भनेको छ ।


काठमाण्डौँ महानगरपालिका, शिक्षा शाखा प्रमुख सीताराम कोइरालाद्वारा जारी जानकारी पत्रमा कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाण्डौँ महानगरपालिका शिक्षा ऐन २०७४ (संशोधनसहित) र अन्य प्रचलित कानून बमोजिम दण्ड सजाय हुने जानकारी पत्रमा उल्लेख छ ।