२०८१ श्रावण १२

नवनियुक्त ६ जना न्यायाधीशले आज सपथ लिँदै, आजै पदभार ग्रहण गर्ने

काठमाडौं, सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनियताको सपथ लिँदै छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो ३ बजे शितल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।
राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराएसँगै सर्वोच्च पुगेर छ जना न्यायाधीशले आफ्नो कार्यभार सम्हाल्ने छन् । ६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा अब २० न्यायाधीश हुने छन् ।