२०८१ श्रावण १२

रुकुम पश्चिम आठविसकोटमा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु, नौ घाइते

काठमाडौँ, रुकुम पश्चिम आठविसकोटा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठविसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा रमेश सार्की, खड्गबहादुर पुन, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ सार्की, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् ।
घाइतेहरुको आठविसकोट नगरपालिका उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
गएराति सवा १० बजे आठविसकोट नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ ।