राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहनेः नेता माधव नेपाल
काठमाण्डौँ, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सत्तासरुढ दल बिचको गठबन्धनको विकल्प नभएको पनि बताए । “गठबन्धन हुन्छ। अरू गठबन्धन बन्ने सम्भावना नै छैन”, “गठबन्धन फेर्नुको मतलब सरकार फेर्नु भएको बताए । ”
अध्यक्ष नेपालले राष्ट्रिय सभामा आफूहरूले पाउने सिटका आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिए । उम्मेदवारको पनि हामी मापदण्ड बनाउँछौँ । तर त्यो भन्दा अघि कति सिट कुन–कुन प्रदेश र कुन–कुन क्लष्टरबाट हामीले पाउने हो भन्ने त गठबन्धन दलमा टुङ्गो लाग्नुप¥यो नि ?” उनले भने ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ वारेन्ट खारेज हुनुपर्ने माग गरेका छन् ।
यस्तो बेलामा उहाँहरू माथि जसरी गिरफ्तार गर्ने वारेण्ट जारी भएको छ । यो अनुचित हो”, “वास्तवमा द्वन्द्वहरू व्यवस्थापन गर्दै जाने हे । गर्दै पनि आएका छौँ ” उनले भने ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्