२०८१ श्रावण १२

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहनेः नेता माधव नेपाल

काठमाण्डौँ, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सत्तासरुढ दल बिचको गठबन्धनको विकल्प नभएको पनि बताए । “गठबन्धन हुन्छ। अरू गठबन्धन बन्ने सम्भावना नै छैन”, “गठबन्धन फेर्नुको मतलब सरकार फेर्नु भएको बताए । ”
अध्यक्ष नेपालले राष्ट्रिय सभामा आफूहरूले पाउने सिटका आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिए । उम्मेदवारको पनि हामी मापदण्ड बनाउँछौँ । तर त्यो भन्दा अघि कति सिट कुन–कुन प्रदेश र कुन–कुन क्लष्टरबाट हामीले पाउने हो भन्ने त गठबन्धन दलमा टुङ्गो लाग्नुप¥यो नि ?” उनले भने ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ वारेन्ट खारेज हुनुपर्ने माग गरेका छन् ।
यस्तो बेलामा उहाँहरू माथि जसरी गिरफ्तार गर्ने वारेण्ट जारी भएको छ । यो अनुचित हो”, “वास्तवमा द्वन्द्वहरू व्यवस्थापन गर्दै जाने हे । गर्दै पनि आएका छौँ ” उनले भने ।