तोकिएको समयमा फास्ट ट्र्याक निर्माण सम्पन्न हुँदैनः प्रधानसेनापति शर्मा
काठमाडौँ, प्रधानसेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको काम नसकिने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले कानूनी उल्झनका कारण काठमाडौँ–तराई द्रुतमार्ग सडक निर्माणको काम अगाडि बढाउन नसकिएको बताए । उनले कानूनी प्रक्रियाका कारण ४ वटा रुख काट्न ९ महिनासम्म लाग्ने गरेको उदाहरण दिँदै यही कानूनी व्यवस्था रहिरहेमा २०८३ सालसम्ममा द्रुतमार्ग निर्माणको काम नसकिने स्पष्ट पारे ।

उनले विकास निर्माणमैत्री कानून नभएको भन्दै यसकारण काम गर्न ढिलाइ भइरहेको बताए । उनले पैसाको कारणले काम गर्न ढिलो नभएको पनि स्पष्ट पारे । प्रधानसेनापति शर्माले नेपाली सेनाले फास्टट्रयाक निर्माण गर्नका लागि नमागेको भन्दै सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर काम गरिरहेको उल्लेख गरे ।
उनले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काममा विद्यमान ऐन, कानून र नियमको परिधिभित्र बसेर ठेक्का लगाएको पनि बताए । उनले द्रुतमार्ग निर्माणको काममा अहिलेसम्म अनियमितता नभएको र आगामी दिनमा पनि अनियमितता हुन नदिने बताए । भ्रष्टाचार भएमा कारबाही गर्ने उनको भनाइ छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्