२०८१ श्रावण १२

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको पुष्टी

काठमाडौं, भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको पुष्टी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।


समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।
जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताएका छन् ।
डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिकाको सबभेरिएन्ट बीए २.८६ को वंशज भएको जनाएको छ ।