२०८१ श्रावण १२

आजको तरकारीको बजार भाउ

काठमाण्डौँ, कालीमाटी तरकारी तथा फलफूल विकास समितिले बुधबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ६० देखि ७० रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँ रहेको छ ।
टनेलको सानो गोलभेडा भने किलोको दुई देखि पाँच रुपैयाँ सस्तो रहेको छ। टनेलको सानो गोलभेडा प्रतिकिलो १२ देखि २० रुपैयाँ रहेको समितिले निर्धारण गरेको मूल्यसूचीमा उल्लेख छ ।
तराईको सानो गोलभेडाका १८ देखि २५ रुपैयाँ प्रतिकिलो रहेको छ। रातो आलु प्रतिकिलो ३३ रुपैयाँदेखि ३६ रुपैयाँ, भारतीय रातो आलुको २८ देखि ३० रुपैयाँ र सेतो आलुको पनि २८ देखि ३० रुपैयाँ रहेको समितिले बताएको छ ।
भारतीय सुकेको प्याज प्रतिकिलो १४० देखि १४५ रुपैयाँ रहेको छ।
स्थानीय काउली प्रतिकिलो २५ देखि ३० रुपैयाँ र ज्यापु काउली ३० देखि ४० रुपैयाँ रहेको छ ।
रातो मुलाको आजको बजार भाउ किलोको १५ देखि २० रुपैयाँ र स्थानीय सेतो मुलाको मूल्य प्रतिकिलो ८ देखि १२ रुपैयाँ रहेको छ ।
हाइब्रिड सेतो मुलाको मूल्य भने प्रतिकिलो १० देखि १५ रुपैयाँ रहेको छ।
स्थानीय घिउ सिमीको मूल्य प्रतिकिलो ८० देखि ९०, हाइब्रिड सेतो सिमीको मूल्य पनि ८० देखि ९० रुपैयाँ रहेको समितिले बताएको छ ।