२०८१ श्रावण १२

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

काठमाडौँ, नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको पत्रचार गरेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले बताए ।
पोखरेल र यादव नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए । प्रहरीले आज पोखरेल र यादव पक्राउ परेको जानकारी निगमलाई गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको सिग्देलले बताए ।
अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा यसअघि प्रहरीले गरेको थियो ।