२०८१ श्रावण १२

काठमाण्डौको तापक्रम यस वर्षकै कम, पानी भने नपर्ने

काठमाडौं, आज बिहान ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो तापक्रम यस वर्षकै कम भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यसअघि मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो (सोमबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो ।
तापक्रम घटे पनि आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.७, डडेलधुरा
को २.८, दिपायलको ३.२, ओखलढुंगाको ४.३ डिग्री सेल्सियस मापन गरिएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ ।