२०८१ श्रावण १२

प्रधानसेनापति शर्माद्धारा रथी सिग्देल र सहायक रथी पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका अशोकराज सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।