२०८१ श्रावण १२

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म

काठमाडौँ, नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ गतेदेखि १० गते गर्ने निर्णय गरेको हो ।
कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा गर्ने निर्णय गरेको हो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।