२०८१ श्रावण १२

नेपाली सेनाद्धारा आवेदन माग

काठमाडौँ, नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा
योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।