२०८१ श्रावण १२

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा

काठमाडौँ, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव लम्साललाई सचिवमा बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शुक्रबार सहसचिव लम्साललाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको हो ।
सेवाले सन् १९९८ मा शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।
गत मंसिर १९ गते परराष्ट्रसचिव भरतराज पौड्यालको समयावधि सकिएसँगै लम्साल निमित्त सचिवको जिम्मेवारीमा थिइन्।