काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
काठमाडौं, काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ आजदेखि जफत गर्न थालेको छ ।
काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो ।
महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले जानकारी दिए ।
महानगर प्रहरीले अनुगमनका लागि १०÷१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ ।
एसपी जोशीले भने ‘अनुगमन गर्दा पसलमा सूर्तीजन्य बस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारवाही हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्