२०८१ श्रावण १२

आज देशभर हिमपात र वर्षाको सम्भावना छैन : मौसमविद्

काठमाडौं, पश्चिमी वायुका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । काठमाडौंमा आज बिहानको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति कोसी कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आज देशका कुतै पनि भू–भागमा वर्षा र हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपातको सम्भावना छैन । यसको कारण नेपालमा अहिले कुनै उल्लेख्य मौसमी प्रणाली नभएको मौसमविद् शान्ति कँडेल बताए । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव मात्रै छ । पश्चिमी वायु स्ट्रङ भयो भने त्यसले वर्षा र हिमपात गराउँछ । अहिले यो कमजोर भएकाले हिमपात र वर्षा हुँदैन । अझै दुई÷तीन दिन पश्चिमी वायु कमजोर रहने उनको भनाइ छ । पश्चिमी वायु कमजोर हुन्जेल बदली मात्रै हुनेछ ।
चिसो भने केही दिनयता बढ्दै गएको छ । हिजो बिहान काठमाडौंमा ५ः४५ बजे ५.८ डिग्री सेल्सियस तापक्रम थियो । आज सोही समयमा एक पोइन्ट घटेर ५.७ मा झरेको छ । हिजो बिहान ८ः४५ बजेको काठमाडौंको तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो ।
हिमपात हुने जुम्लालगायत केही हिमाली जिल्लामा भने अघिल्लो सातादेखि नै तापक्रम माइनसमा मापन भइसकेको छ । त्यसैले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा बिहान हुस्सु र कुहिरो लाग्ने गरेको छ ।