२०८१ श्रावण १२

आज वर्षकै न्यून तापक्रम, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षसम्मै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान मापन गरिएको तापक्रम नै काठमाडौंमा यो वर्षको आजसम्मको न्यून तापक्रम भएको विभागको भनाइ छ । हिजो साँझा अधिकतम १८.८ र न्यूनतम ६ डिग्री सेलसियत तापक्रम रहेको थियो । रातीभरमा ०.२ डिग्री गिरावत आई आज बिहान ५ः४५ बजे ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागले जनाएको छ ।
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईमा हुस्सु र कुहिरोको लागिरहेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
काठमाडौं उपत्यकामा आज दिउँसो आंशिक बदली भई चिसो बड्ने, घुम्म हुने तर वर्षाको सम्भावना भने नरहेको विभागको दाबी छ । बिहान तराईका भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले भनेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको हुनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना रहेको विभागको भनाई छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।