२०८१ श्रावण १२

एसीसी यू–१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं, एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान–२ मा हुनेछ ।
समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालले हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध चमत्कारी खेल खेल्न आवश्यक छ ।
अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ ।
यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ ।