२०८१ श्रावण १२

संसद्का महासचिव डा.गौतमद्धारा पदबाट राजीनामा,प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयको नाम सिफारिस

काठमाडौं, सघीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।
महासचिव गौतमले आइतबार नै आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको जानकारी सघीय संसद्का प्रवक्ता एकराम गिरीले बिताए ।
महासचिव गौतमले के कारणले राजीनामा दिनुभएको हो, त्यो भने खुलेको छैन र राजीनामाबारे औपचारिक जानकारी सचिवालयलाई पनि प्राप्त नभएको प्रवक्ता गिरीले बताए । संघीय संसद सचिवालयको महासचिवमा प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ । संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेको नाम सिफारिस भएको हो ।