१७ औं संसद् सेवा दिवस विविध कार्यक्रम गरी मनाइदै
![](https://www.manangonline.com/wp-content/uploads/2023/12/download-6.jpg)
काठमाडौं, सत्रौं संसद् सेवा दिवसका अवसरमा सोमबार सिंहदरबारस्थित् संघीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५० औं पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत संकलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।
संघीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ । विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रूपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ । संसद् सचिवालय अन्तर्गत करिब तीन सय कर्मचारी छन् ।
प्रतिक्रिया दिनुहोस्