२०८१ श्रावण १२

डा.शेखर कोइराला समूहको बैठक मंगलबार दिउँसो १ बजे बस्ने

काठमाडौं, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् ।
मंगलबार भोली दिउँसो बस्ने गरी बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय भइनसकेको उनले बताए ।
‘समूहको बैठक नबसेको धेरै भएको थियो । महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक बस्न लागेको थपलियाले भने ।
बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ । ‘महामन्त्री गगन थापा पनि त्य बैठबमा सहभागी हुने जनाएको छ ।