२०८१ श्रावण १२

आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम सहित नेपालमा पनि मनाइदै छ ।
हरेक वर्ष १० डिसेम्बर अर्थात मंसिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।
१० डिसेम्बर २०२३ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सव मनाइदैछ ।

यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ ।
यो वर्ष अर्थात् सन् २०२३ को नारा “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय“ भन्ने आशयको रहेको छ ।
मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।