२०८१ श्रावण १२

माओवादीद्वारा भाजपा नेताको हत्या

काठमाण्डौ, भारतको छत्तीसगढ राज्यको नारायणपुरो जिल्लामा संदिग्ध माओवादीहरूले भारतीय जनता पार्टीका नेताको हत्या गरेका छन् ।
यसअघि माओवादीले फलाम खानीमा भाजपा नेताको भूमिकाको बारेमा चेतावनी जारी गरेको भारतीय सञ्चारमाध्यहरुले समाचार प्रकाशित गरेको थियो ।
शनिबार बिहान करिब ११ बजे, छोटेडोंगर क्षेत्र अन्तर्गत मुन्डटिकारा निवासी कोमल माँझीलाई माओवादीहरूले ‘दलाली’ को आरोपमा बञ्चरो प्रहार गरी हत्या गरेको बस्तर प्रहरीका प्रवक्ताले जानकारी दिएकाछन् ।’घटनास्थलमा एउटा पर्चा फेला परेको छ, जसमा आमदेई फलाम खानीमा माँझीको भूमिकाबारे उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ । यसका साथै स्थानीय पुलिस र आईटीबीपीका जवानहरूले पनि घटना स्थलक्षेत्रमा खोजी अभियान सुरु गरेका छन्।
यस वर्षको फेरवरीमा माओवादीले छोटेडोंगरमा भाजपाका जिल्ला उपाध्यक्ष सागर साहुको हत्या गरेका थिए । यसबाहेक भाजपाका अन्य दुई नेताको पनि माओवादीले हत्या गरेको थियो ।