भ्रष्टाचार नियन्त्रण अनिवार्य : प्रधानमन्त्री
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । भ्रष्टाचार लगायत अन्य गैर कानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भएको प्रधानमन्त्री बताए । निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गरिँदै छ । बहु आयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको समेत उनले बताए ।
आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको बताउदै यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको पनि स्पष्ट पारे ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्