२०८१ श्रावण १२

आजको मौसम : कोसी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं, देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको विभागले बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।