२०८१ श्रावण १२

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत

काठमाडौं,सघीय संसद्को संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सुनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।
प्रस्तावित राजदूत नेपालले समितिको बैठकमा आफ्नो सोच, अनुभव, अवधारणा सहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समिति बैठकमा सदस्यले राखेको जिज्ञासामा उहाँले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताए ।


पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सख््यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उनको भनाई छ । युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरण सहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाए ।
गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पोर्चुगलमा जाने नेपाली नागरिकको सख््या बढिरहेको छ । मुख्यगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपाली पोर्चुगल जाने गरेका छन् ।