२०८१ श्रावण १२

भरतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपाली बजारमा प्याजको कालोबजारी शुरु

काठमाडौं, भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ .।
भारतले डिसम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ ।
यस्तो निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ । प्याज निर्यातमा न्यूनतम मुल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मल्यमा बृद्धि भएको थियो ।.
यसअघि अक्टोबर २००८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्ूयनतम निर्यात मुल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो ।. भारतीय बजारमा प्याजको मुल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मुल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो .।