२०८१ श्रावण १२

भैरहवाका व्यवसायीद्धारा आन्तरिक उडान पनि बन्द गर्ने चेतावनी

काठमाण्डौं– भैरहवास्थित् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकारले उदासिनता देखाएको निष्र्कस सहित स्थानीय व्यवसायीले मंसिर २५ देखि आन्तरिक उडान समेत रोक्ने भएका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज भैरहवामा धर्ना र प्रदर्शन गर्दैछ । यस्तै, मंसिर २४ गतेबाट विमानस्थलमा धर्ना दिने र २५ गतेबाट आन्तरिक उडानसमेत रोक्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेका व्यवसायीले धर्नामा ५ हजारभन्दा बढी सहभागी हुने दाबी गरेको छ ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान भएको छैन । नियमित उडान नहुँदा यहाँको निजी क्षेत्रको लगानी खेर जाने भन्दै अन्तर्राष्ट्रिय उडानको दबाब दिइरहेको छ । अर्कोतिर नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीको टोली पनि विमानस्थलमा नियमित उडानका लागि काठमाडौंमा विभिन्न निकायलाई दबाब दिएर फर्किएको छ ।