२०८१ श्रावण १२

युक्रेनी सांसद् इल्या किभाको गोली हानी हत्या, हत्यामा जीयूआरको संलग्नता स्वीकार

काठमाण्डौं, युक्रेनका संसद् सदस्य इल्या किभाको मस्कोनजिकैको एउटा होटेल पार्कमा साइलेन्सर (आवाज नआउने) सानो बन्दुकबाट हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


समाचार समिति तासका अनुसार किभा बसेको होटेलको पार्कमा शव भेटिएको थियो । सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जीयूआर)ले किभाको मृत्युको जिम्मेवारी लिएको छ ।
जीयूआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यामा जीयूआरको संलग्नता स्वीकार गरेका छन् ।
ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटेलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताले हत्याको आपराधिक मामिला खोलेका छन् । प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका सिन्ह्वाले उल्लेख गरेको छ ।