२०८१ श्रावण १२

ठमेल चौबिसै घण्टा खुलाउने र ‘फ्री भेइकल जोन बनाउने तयारी, पूर्वाधारहरुको निमार्ण द्रुत गतिमा भइरहेको छ ।

काठमाडौं, देशकै मुख्य पर्यटकीय क्षेत्र ठमेल चौबिसै घण्टा खुलाउने तयारी भइरहेको छ । ठमेल चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।
आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको शर्माले जानकारी दिए

शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भनेर व्यावसायिक आचारसंहिता बनाइरहेको उनले उल्लेख गरे ।
“शान्ति सुरक्षा व्यवस्थापन कसरी गर्ने, पार्किङ व्यवस्थापन कसरी गर्ने, चौबिसै घण्टा सञ्चालन गर्दा व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने भनेर व्यावसायिक आचारसंहिता बनाइरहेका शर्माल भने, “काठमाडौं महानगर, दरबार वृत्त, सोह्रखुट्टे वृत्त, ट्राफिक महाशाखा, ठमेल पर्यटन विकास परिषद्, ठमेलसँग जोडिएका चारवटै वडाका जनप्रतिनिधिसहितको एउटा समिति गठन गरेर आचारसंहिता बनाइरहेको बताए । आचारसंहिता पारित भएपछि ठमेल चौबिसै घण्टा खुलाइने उनले जानकारी दिए ।


यस्तै, बेलुका ७ देखि बिहान ५ बजेसम्म ठमेल क्षेत्र ‘फ्री भेइकल जोन’ बनाइनेछ । “त्यसका लागि अहिले सीसी क्यामेरा, सडकबत्ती जडान, स्ट्रिट नम्बर राख्ने काम भइरहेको उनले भने, “यी सबै काम पूरा भएपछि ठमेल चौबिसै घण्टा खुलाउछौँ ।”
ठमेलमा अहिले १ सय १२ वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसले ठमेलमा हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सडकबत्ती जडानको काम दुई हप्ताभित्र सकिने उनले बताए ।