२०८१ श्रावण १२

उपसचिव गैरेले सचिवालयकै महिला शाखा अधिकृतलाई झापड हाने

काठमाडौं, संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृतलाई झापड हाने ।

मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक शाखा अधिकृतलाई झापड हानेको सचिवालयले पुष्टी गरेको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा एक महिला शाखा अधिकृतलाई झापड हानेको सचिवालयको भनाइ छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए । सोे विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे ती शाखा अधिकृतको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको अधिकारीको भनाइ छ ।