२०८१ श्रावण १२

विहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीको प्रकरणलाई अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको छ ।

उनीसँगै सदस्य,फणिन्द्र गौतम, सचिव– नेपाल सरकार,सदस्यः रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय,सदस्यः बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,सदस्यः सुजनकुमार काफ्ले, अध्यक्ष– क्यान रहेका छन् ।

त्यस्तै,खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको छ ।

साथै बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ।