२०८१ श्रावण १२

काठमाडौंको मौसम बिहानैदेखि बदली, हवाई सेवा प्रभावित

काठमाडौं, काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ । बादल लागेका कारण घाम लागेको छैन । आज बिहानैदेखि बादल लागिरहेको छ । बादल लागे पनि पानी भने काठमाडौंमा पर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटी बताइन । ् आज दिनभरमा केही समय घाम लाग्ने भए पनि धेरजसो समय बादलले नै ढाक्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यकाको आज बिहान ८ बजेको अधिकत्म तापक्रम १९ दशमलव ६ र न्यूनतम ९ दशमलव ७ डिग्री सेलसियस रहेको थियो । मौसममा आएको बदलीका कारण हवाई सेवा समेत प्रभावित भएको । विहानीपख एक दुईवटा आन्तरिक उडान भएपनि हाल कुनै पनि उडान नभएको विमान स्थल आन्तरिक उडान कार्यालयले जनाएको छ । मौसममा आएको बदलावका कारण सबै उडानहरु डिले तालिकामा सारिएको आन्तरिक हवाई सेवा कार्यालयले जनाएको छ ।


कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म आज बादल लागेको उनले जानकारी दिइन् । भोलिबाट भने मौसममा सुधार हुने उनको भनाइ छ ।
“पश्चिमी वायु र भारतको छत्तिसगढमामा बनेको निम्नचापीय प्रणालीका कारण नेपालको मौसममा बदली भएको हो,” मौसमविद् नगरकोटीले भनिन् ।