२०८१ श्रावण १२

आज देशका पहाडी क्षेत्रमा वर्षा र हिमपात, तराईमा हुस्सुले यातायात सेवामा आंशिक प्रभाव हुने

काठमाडौं, आज देशका केही भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज देशको पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।
आज बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


विभागले राती कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।