२०८१ श्रावण १२

प्रधान सेनापति र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक बिच भेटवार्ता

प्रधान सेनापति शर्मासँग नेपाल भ्रमणमा रहेका भएका अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सैनिक मुख्यालय भद्रकालीमा रहेको प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्र्पक निर्दैशानालयले जनाएको छ । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्सनको पनि सहभागि थिए ।
यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तीमा उल्लेख छ ।