२०८१ श्रावण १२

सांसद् राजिव गुरुङ (दीपक मनाङे) को फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा माग्ने बुढा

काठमाडौं । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् ।
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका हुन् । सोमबार निर्माता र कलाकारबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् ।
यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ । चलचित्र ‘कंगारु’ फागुनदेखि सुटिङ गर्ने तयारी छ ।
फुलमून मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म ‘कंगारु’ निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।