२०८१ श्रावण १२

राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्ल्ेख छ ।