२०८१ श्रावण १२

एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै

काठमाडौं, नेकपा (एमाले) आज बिहान ८ः३० बजेदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गर्दै छ ।
एक हजार ८ सय ७९ किलोमिटर लामो लोकमार्गको यात्राको आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । एमाले अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।
अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।