२०८१ श्रावण १२

अनेरास्ववियु सह–संयोजक विवेक बाँनियामाथि खुकुरी प्रहार, थपउपचारका लागि बिर्तामोड लगिदैं

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला ताप्लेजुङका सह–संयोजक विवेक बाँनियामाथि खुकुरी प्रहार भएको छ ।
आज (सोमबार) बिहान सवा १० बजे फुङलिङ नगरपालिका–४ पाथीभरा होटल नजिकै विवेक बानियामाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कंडेलले जानकारी दिए ।
बानियामाथि सोही होटल नजिक बस्ने ३२ वर्षी प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको एसपी कंडेलले बताए । प्रवक्ता कंडेलका अनुसार लिम्बु र बाँनियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो । त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी बाँनियालाई घाइते बनाएका हुन्। । बाँनियाको दाहिने घुँडामा चोट लागेको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको धाइतेका दाजु नन्दु बाँँँँनियाले जानकारीदिए । प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्। प्रेमराज लिम्बू घटनापछि फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ ।


नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्। । सचिव भट्टराईले आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह–संयोजक कमरेड विवेक बानियामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु । अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भनेका छन्। ।