नेपाल विद्युत प्राधिकरणद्धारा स्थानीय निकायलाई ७ दिने अल्टीमेटम
काठमाडौं, नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।
स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत उपभोग गरेको बक्यौता विद्युत महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई ग्राहक कायम गराउन तथा सडक बत्ती बापतको बक्यौता महसुल बुझाउन प्राधिकरणले निर्देशनमा भनेको छ ।
तोकिएको समयावधिभित्र सडक बत्तीका लागि मिटर लिई ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरू नेपाल विद्युत प्राधिकरणको सम्बन्धित वितरण केन्द्रबाट हटाइने प्राधिकरणले भनेको छ । सडक बत्तीको बक्यौता महसुल नबुझाउने स्थानीय निकायहरूको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने पनि प्राधिकरणले जनाएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्