काठमाण्डौमा तत्काल चिसो नबढने ।
काठमाडौं, काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको सेरोफेरोमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ बजे१०.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।
“केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।
“तत्कालै धेरै चिसो बढ्ने देखिँदैन । यो मौसम अनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।
केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर भारी हिमपात सुरु भइसकेको छैन । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही क्षेत्रमा हल्का हिमपात हुँदै आएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्