२०८१ श्रावण १२

काठमाण्डौमा तत्काल चिसो नबढने ।

काठमाडौं, काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको सेरोफेरोमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ बजे१०.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।
“केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।
“तत्कालै धेरै चिसो बढ्ने देखिँदैन । यो मौसम अनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।
केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर भारी हिमपात सुरु भइसकेको छैन । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही क्षेत्रमा हल्का हिमपात हुँदै आएको छ ।