२०८१ श्रावण १२

हिउँ चितुवा र प्राकृतिक सम्पदा संरक्षणमा मनाङ

मनाङ, हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ ।
लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए । “हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवद्र्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ र लागिपरेका छौँ” भने ।
अध्यक्ष घलेले हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए । यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ ।
चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ ।
उनले भने, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।”
विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ ।
हिम चितुवा र चौरीको संरक्षणका लागि केही दिन अधि चामे गाउँपालिका र ङिस्याङ गाउँपालिकामा राष्ट्रिय स्तरका कलाकार र स्थानिय बिच मैत्रपिूण फुटबल समेत भएको थियो ।