२०८१ श्रावण १२

राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

काठमाडौं–नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए ।

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।

त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए । त्यसैगरी पुरातात्वीक धार्मीक पाटन दरबार क्षेत्र र पोखराको शिवमन्दीरको पनि अवलोकन भ्रमण गरेका थिए ।