२०८३ भाद्र २०
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
पोखरा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् ।
जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी एविसी गएका हुन् ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत केहीबेर अघि उनी एविसी अवतरण गरेका हुन् । उनी पौने घण्टा एविसीमै रहनेछन् । उनको स्वागतका लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको छ भने स्थानीय झाँकी सहित स्वागत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णु केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए । त्यहाँ पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छन् भने वडाध्यक्ष गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए । गुटेरेस ८ बजे पोखरा आइपुग्ने कार्यक्रम छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्